शेयर बजारमा ८.४३ अंकको गिरावट, दश समूहका सूचक नकारात्मक

0
Shares

शेयर बजार परिसूचक नेप्से मंगलबार ८.४३ अंकले घटेर १२१३.६३ विन्दुमा अडिएका झरको छ । दश समूहको सूचक नकारात्मक रहेको बजारमा अघिल्लो दिनको तुलनामा एघार करोडले कारोबार घटेको छ ।

मंगलबारको बजारमा १६५ कम्पनीको । ११ लाख ७३ हजार ५१० कित्ता २७ करोड २५ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भयो । कारोबार रकम अघिल्लो दिनको भन्दा ११ करोड कम हो ।

कुल १२ वटा समूहको कारोबार भएकामा व्यापारिक र म्युचुअल फन्ड समूह बढेका छन् भने बाँकी सबै समूह तल झरेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक ५६.१६ अंकले घटेको छ । वाणिज्य बैंक समूहको सूचक ६.८३ अंकले तल झरेको छ ।

सबैभन्दा धेरै सोल्टी होटेलकोे ४ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो । रसुवागढी हाइड्रोपावर,एनआईसी एशिया बैंक र नेपाल बैंकको पनि १ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ। यस दिन उच्च कारोबार गर्ने शिर्ष १० कम्पनमिा ५ वटा वाणिज्य बैंक रहेका छन् ।

सबैभन्दा बढी विशाल बजार कम्पनीको शेयर मूल्य ५.६२ प्रतिशतले बढेको छ भने पाँचथर पावरको शेयरमूल्य सबैभन्दा धेरै ९.५६ प्रतिशतले घटेको छ । त्यस्तै हिमालयन पावर पार्टनर, गुँरास लघुवित्त, अरुण कावेली पावर र नाडेप लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ।