शेयर बजार परिसूचक नेप्सेमा अझै आएन सुधार, कारोबार सामान्य

0
Shares

शेयर बजार परिसूचक नेप्से बुधबार ०.४२ अंकले बढेर १२१४.०५ विन्दुमा पुगेको छ ।

१६१ कम्पनीको १२ लाख ७० हजार ११८ कित्ता शेयर किनबेच भएको बजारमा २९ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

कुल १२ वटा समूहको कारोबार भएकामा ४ समूहका सूचक बढेका छन् भने आठ समूहको उपसूचक घटेका छन् । वाणिज्य बैंक समूह ०.०४ अंकले तल झरेको छ ।

पूँजीगत लाभकर लगायतका विषयको अझै टुङ्गो नलागेका कारण बजारले उल्लेखनीय गति लिन नसकेको लगानीकर्ताको बुझाई छ ।

सबैभन्दा धेरै सबैभन्दा बढी कारोबार सोल्टी होटेलको चार करोड २० लाख रुपैयाँको शेयर कारोबार भयो।

विशाल बजार कम्पनीको शेयर मूल्य ५.७३ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा गणपति माइक्रोफाइनान्सका लगानीकर्ता रहेका छन् । यसको भाउ ५.४४ प्रतिशतले तल झरेको छ ।