चीनद्वारा अमेरिकी सामानको आयातमा नयाँ कर वृद्धि गर्ने घोषणा

0
Shares

चीनले ७५ अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानको आयातमा नयाँ कर वृद्धिको घोषणा शुक्रबार गरेको छ ।

चीन सरकारले दिएको जानकारी अनुसार उक्त नयाँ कर वृद्धि योजना आगामी सेप्टेम्बर १ र डिसेम्बर १५देखि दुई चरणमा कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।

चीनको करवृद्धिसम्बन्धी पछिल्लो निर्णय वासिङ्टनले सेप्टेम्बरदेखि चिनियाँ सामानमाथि कर वृद्धि गर्नेगरी निर्णय लिएको थियो । तर अमेरिकामा निरन्तरको करवृद्धिले देशको अर्थतन्त्रलाई नै प्रभावित पार्नसक्ने विज्ञहरूको धारणापछि यसलाई डिसेम्बर १५ सम्मका लागि पछि सारेको थियो ।

चीनले नयाँ करवृद्धिबारे अमेरिकी निर्णयको प्रतिक्रियास्वरूप पछिल्लो घोषणा गरेको हो । “चीनले अमेरिकाबाट चीन आयात हुने विभिन्न पाँच हजार ७८ अमेरिकी सामानहरूमा पाँचदेखि १० प्रतिशतसम्म कर वृद्धि गर्नेछ,” चिनियाँ राज्य परिषद् राजश्व कार्यालयले बताएको छ ।