कुमारी बैंकको रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड चयन

0
Shares

कुमारी बैंकको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड चयन भएको छ। बैंक सञ्चालक समितिको निर्णय अनुसार २०७६ भदौ ९ गतेदेखि आफ्नै सहायक कम्पनी कुमारी क्यापिटललाई शेयर रजिष्ट्रार चयन गर्ने निर्णय गरेको हो।

यसअघि बैंकको शेयर रजिष्ट्रार सम्बन्धि सबै कार्य बैंकको शेयर विभाग नक्साल मार्फत हुँदै आइरहेको थियो भने शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल मार्फत हुँदै आइरहेको थियो।

बैंकले आफ्नै सहायक कम्पनी कुमारी क्यापिटल लिमिटेड मार्फत शेयर रजिष्ट्रारको कार्य गराउन लागेको हो। यससँगै कुमारी बैंकका शेयरधनीहरुले बैंकको शेयर सम्बन्धी अभिलेख राख्ने, नामसारी, दाखिल खारेज गर्ने लगायत सम्पूर्ण कामहरुका लागि कुमारी क्यापिटल लिमिटेड नक्साल काठमाडौंमा सम्पर्क गर्नुपर्ने भएको छ।