एनएमबि क्यापिटलको म्युचुल फण्ड ’एनएमबी फिप्टी’ मा आवेदन गर्ने अन्तिम दिन

0
Shares

एनएमबी क्यापिटलले एनएमबी म्युचुअल फण्ड अन्तर्गत निष्काशन गरेको ’एनएमबी फिप्टी’ को इकाई खरिदका लागि आवेदन गर्ने आज अन्तिम दिन रहेको छ ।

क्यापिटलले ’एनएमबी फिप्टी’ को १२ करोड ईकाईको बिक्री साउन १३ गतेदेखि खुला गरेको थियो । क्यापिटलले एक अर्ब २० करोडको फण्डको प्रति ईकाई १० रुपैयाँका दरले १२ करोड ईकाई बिक्रीमा ल्याएको हो ।

यसमा लगानीकर्ताले न्युनतम १०० ईकाईदेखि एक करोड २० लाख ईकाईसम्म आबेदन गर्न सक्नेछन् ।

छिटोमा साउन १६ गते र ढिलोमा भदौ १० गतेभित्र यो स्किममा लगानीका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको थियो । छोटो अवधिमा फण्डमा आवश्यक आवेदन नपरेपछि लामो अवधिसम्मका लागि बिक्री खुला गरिएको थियो ।

बजारमा रहेका ५० वटा उत्कृष्ट कम्पनीका शेयरमा लगानी गरी राम्रो लाभांश वितरण गर्ने उद्देश्य सहित एनएमबी क्यापिटलले आफ्नो तेस्रो म्युचुल फन्डको रुपमा ‘एनएमबी–५०’ संचालनमा ल्याउन लागेको हो।

एनएमबी क्यापिटल मार्केट लिमीटेडबाट प्रवद्र्धन हुने यो फण्ड ७ बर्षे बन्दमुखी योजना हो । यो फण्डको प्रायोजन एनएमबी बैंकले गरेको छ भने प्रवद्र्धन एनएमबी क्यापिटलले गरेको छ ।

एनएमबी–५० दोस्रो, तेश्रो र चौथो वर्ष १५ प्रतिशतको दरले तथा पाँचौँ, छैटौँ र सातौँ वर्ष २० प्रतिशतका दरले प्रतिफल वितरण गर्न सकिने प्रक्षेपण समेत गरेको छ ।

एनएमबि क्यापिटलले हाल ५ वर्ष अवधिको एनएमबि सुलभ इन्भेष्मेन्ट फण्ड १ र ७ वर्ष अवधिको एनएमबि हाईब्रिड फण्ड एल १ सञ्चालन गरिरहेको छ । ७५ करोड आकारको एनएमबि सुलभ इन्भेष्मेन्ट फण्ड १, २०७६ कार्तिक ३ गते र एक अर्ब आकारको एनएमबि हाईब्रिड फण्ड एल १ परिपक्क हुने अवधि २०८० कार्तिक ८ गते रहेको छ।

एनएमबि क्यापिटल मर्चेन्ट व्यवसाय सञ्चालनका लागि एनएमबि बैंकको पूर्ण स्वामित्वमा स्थापना भएको बैंकको सहायक कम्पनी हो।