वोमी लघुवित्तको हकप्रदमा आवेदन गर्ने आज अन्तिम दिन

0
Shares

वोमी लघुवित्त वित्तीय संस्थाको गत साउन ९ गते विहीबारदेखि निष्काशन गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ।

लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा १० लाख १० हजार ८ सय ८० कित्ता हकप्रद शेयर निष्काशन गरेको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । साउन ९ गतेदेखि खुला भएको हकप्रदमा भदौ ११ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था गरिएको थियो ।

उक्त हकप्रदमा असार २७ गतेभन्दा अघि नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई कायम साविक शेयरधनीहरुले मात्र आवेदन गर्न पाउनेछन्।

गत फागुन ६ गते सम्पन्न विशेष साधारण सभाले चुक्ता पूँजीको शतप्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। अघिल्लो वर्षको नाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गरेको लघुवित्तले बोनस छाडेर हकप्रदबाट पूँजी वृद्धि गर्न लागेको हो। शतप्रतिशत हकप्रद बिक्रीपछि लघुवित्तको चुक्ता पूँजी २० करोड २१ लख ७६ हजार रुपैयाँ पुग्नेछ।

वोमी माइक्रोफाइनान्सले गत आर्थिक वर्षमा ६ करोड २७ लाख खुद नाफा गरेको छ । माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ६२ रुपैयाँ ८ पैसा छ। माइक्रोफाइनान्सकोे मुल्य आम्दानी अनुपात १८.१७ गुणा र प्रतिसेयर नेटवर्थ २४२ रुपैयाँ ६६ पैसा छ ।

पूँजी वृद्धिका लागि एक बराबर एक अनुपातमा हकप्रद बेच्न लागेको यस लघुवित्त नागरिक लघुवित्तसँग मर्जर प्रकृयामा समेत रहेको छ ।