एनआइसी एशिया बैंकले प्रस्ताव गर्यो बोनस सहित २१ प्रतिशत लाभांश

0
Shares

एनआइसी एशिया बैंकले गत आर्थिक वर्ष आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले १० प्रतिशत बोनस शेयर तथा र बोनसमा लाग्ने कर सहति ११.०५२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीलाई वितरण हुनेछ ।

बैंकले ८८ करोड ३४ लाख २२ हजार रुपैयाँ बराबरको बोनस सेयर र ९७ करोड ६४ लाख १४ हजार ७५१ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । प्रस्ताव गरेको हो ।

एनआइसी एसियाको हाल चुक्ता पूँजी ८ अर्ब ८३ करोड रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पूँजी ९ अर्ब ७१ करोड पुग्नेछ । गत आर्थिक वर्षमा एनआइसीले ३ अर्ब ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ५६ पैसा कायम गरेको छ ।