कुमारी बैंकले पनि घोषणा गर्यो लाभांश

0
Shares

कुमारी बैंकले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई दश प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंक संचालक समितिको बैठकले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीलाई वितरण हुनेछ ।

बैंकले ८६ करोड ८५ लाख ५७ हजार बराबरको बोनस शेयर र ०.५२६ प्रतिशतले हुन् आउने ४ करोड ५७ लाख १३ हजार बराबरको नगद लाभांश वितरण गर्नेछ ।

हाल कुमारीको चुक्ता पूँजी ८ अर्ब ६८ करोड रुपैयाँ छ । बोनस वितरणपछि पूँजी ९ अर्ब ५५ करोड पुग्नेछ । असार मसान्तसम्म कुमारीले १ अर्ब ३३ करोड खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ६४ पैसा छ ।