मुक्तिनाथ विकास बैंकको ६१ लाख कित्ता हकप्रद शेयरको बिक्री खुल्यो

0
Shares

मुक्तिनाथ विकास बैंकको भदौ १२ गतेदेखि हकप्रद शेयरको बिक्री गर्ने खुला गरेको छ ।

बैंकले चुक्ता पूँजीको २० प्रतिशत बराबरको हकप्रद शेयर बिक्रीमा ल्याएको हो ।

बैंकले चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँ बराबरको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

बैंकले हकप्रद बिक्री प्रयोजनका लािग २०७६ साउन ३१ गते शुक्रबार बुक क्लोज तोकेको हो। यसअनुसार साउन ३० गते बिहीबारसम्म कायम शेयरधनीले मात्र हकप्रद पाउनेछन्।

बैंकले हकप्रद शेयर निष्कासन बन्द हुने मिति छिटोमा असोज १५ गते तोकेको छ । जसअनुसार शेयरधनीहरुले असोज १५ गते कार्यालय समयभित्र हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।

हकप्रद सेयर निष्कासनको प्रबन्धकमा भिवोर क्यापिटल तोकिएको छ। मुक्तिनाथ विकास बैंकको सबै शाखा र सी–आस्वाको माध्यमबाट यसमा आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक भिबोर क्यापिटल ट्रेड टावर, काठमाडौंबाट पनि फारम प्राप्त गरी आवेदन बुझाउन पनि सकिनेछ ।

हाल यसको चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार रुपैयाँ छ । २० प्रतिशत हकप्रद जारी गरेपछि पूँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्नेछ ।

इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ’ग्रेड ३’ रेटिङ दिएको छ।