प्रभु बैंकले गोरखाको छेपेटारमा संचालनमा ल्यायो नयाँ शाखा

0
Shares

प्रभु बैंकले गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. १०, छेपेटारमा बिहीबारदेखि छेपेटार शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डेले बैंकको गोरखा शाखा कार्यालयको समुद्घाटन गरे ।

सो क्रममा गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डेले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गरे । छेपेटार शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने बताए ।

बैंकको छेपेटार शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र गोरखा नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।