गत आर्थिक वर्षको मुल्य वृद्धि ४.६ प्रतिशतमा सिमित

0
Shares

आर्थिक वर्ष २०७५/७६ को वार्षिक औसत मुद्रास्फीति ४.६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७५/७६ को नेपाल सरकारको बजेटमा उल्लेख भए अनुसार उपभोक्ता मुद्रास्फीतिलाई ६.५ प्रतिशतको सीमाभित्र राख्ने मौद्रिक नीतिको लक्ष्य रहेको थियो ।

त्यसैगरी गत आर्थिक वर्षको बजेटले ८ प्रतिशतको आर्थिक वृद्धि हासील गर्ने लक्ष्य लिएको थियो । तर, त्यो लक्ष्य भने ७.१ मा सिमित रहने प्रारम्भीक अनुममान रहेको छ ।

अघिल्लो आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ मुद्रास्फीति आर्थिक वर्ष २०७५/0७६ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ३.१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७४⁄०७५ मा उक्त समूहको मुद्रास्फीति २.७ प्रतिशत रहेको थियो । गैर–खाद्य तथा सेवा मुद्रास्फीति आर्थिक वर्ष २०७५/७६ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति ५.९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा उक्त समूहको मुद्रास्फीति ५.३ प्रतिशत रहेको थियो ।

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति आर्थिक वर्ष २०७५/७६ मा उपभोक्ता मुद्रास्फीति पहाडमा ५.० प्रतिशत, हिमालमा ४.९ प्रतिशत, काठमाडौं उपत्यकामा ४.९ प्रतिशत र तराईमा ४.३ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मुद्रास्फीति क्रमशः ४.६ प्रतिशत, ५.९ प्रतिशत, ३.३ प्रतिशत र ४.४ प्रतिशत रहेको थियो ।

नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति २०७६ असारमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ६.० प्रतिशत र सन् २०१९ को जुलाईमा भारतमा ३.१५ प्रतिशत रहेको छ । थोक मुद्रास्फीति २०७६ असारमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.४ प्रतिशत रहेको छ ।

२०७५ असारमा यस्तो मुद्रास्फीति २.१ प्रतिशत रहेको थियो । राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क २०७६ असारमा वार्षिक बिन्दुगत राष्ट्रिय तलव तथा ज्यालादर सूचकाङ्क ९.१ प्रतिशतले वृद्धि भएको छ । २०७५ असारमा उक्त सूचकाङ्क ६.८ प्रतिशतले वृद्धि भएको थियो । तलब सूचकाङ्कको वृद्धिदर ६.६ प्रतिशत र ज्यालादर सूचकाङ्ककोवृद्धिदर ९.८ प्रतिशत रहेको छ ।