नागरिक लगानी कोषको २३.१६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

नागरिक लगानी कोषले घोषणा गरेको २३.१६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

प्रस्तावित लाभांस पारित गर्न भदौ ३० गते साधारण सभा बोलाएको कम्पनीले भदौ १९ गते बुक क्लोज गर्दैछ ।

जसअनुसार भदौँ १८ गतेसम्म कायम शेयरधनीले मात्र कोषको बोनस शेयर र साधारण सभामा भाग लिन पाउनेछन्।

नागरिक लगानी कोषले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २२ प्रतिशत बोनस सेयर र कर तिर्न १.१६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कोषको वार्षिक साधारण सभा भदौ ३० गते कार्की ब्यांकेट बबरमहल, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ ।

आर्थिक वर्ष २०४–७५ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा–नोक्सान सहितका हिसाबकिताबको प्रतिवेदन पनि पेश गरिनेछ ।

कोषले २४ करोड रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि एक करोड २७ लाख रुपैयाँ वितरण गर्नेछ । बोनस वितरण पश्चात् कोषको चुक्ता पूँजी एक अर्ब ३४ करोड ४८ लाख रुपैयाँ पुग्नेछ।