प्रदेश तथा स्थानीय तहको क्षमता अभिवृद्धिका लागि ११ अर्ब ४० करोड अनुदान सम्झौता

0
Shares

सरकारले प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धिका लागि ११ अर्ब ४० करोड रुपैयाँ अनुदान सम्झौता गरेको छ ।

संघीय सरकारले युरोपेली युनियन, स्विट्जरल्यान्ड, नर्वे तथा बेलायत सरकारबाट प्राप्त हुने अनुदानका लागि बुधबार अर्थमन्त्रालयमा सम्झौता गरेको हो।

सम्झौता अनुसार दातै निकायबाट प्राप्त अनुदान रकम प्रदेश र स्थानीय तहका सरकारहरुको सेवा प्रवाहमा चुस्तता, गुणस्तरीयता, दीगोपन, समावेशिता र जिम्मेवारीपन वृद्धिका लागि खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ। ती निकायहरुले आगामी चार बर्षका लागि उक्त अनुदान प्रदान गर्ने जनाएका छन् ।

दुई पक्षीय सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालय अन्तर्रा्ष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल तथा बेलायत सरकारको अन्तर्रा्ष्ट्रिय विकास विभागका स्थायी सचिव म्याथ्यु जोन रिक्रफ्ट, नेपालका लागि नर्वेका राजदूत लेस जर्न जोहानसेन तथा स्विटजरल्यान्डका लारजरूत भन कपलरले हस्ताक्षर गरेका छन्।