स्वदेशी लघुवित्तले २० प्रतिशत बोनस सहित ३५ प्रतिशत लाभांश दिने

0
Shares

स्वदेशी लघुवित्त वित्तीय संस्थाले गत बर्षको कमाईबाट आफ्ना शेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

स्वदेशीले २० प्रतिशत बोनस शेयर तथा १३.२५ प्रतिशत नगद लाभांशका साथै कर तिर्न थप १.७५ प्रतिशत नगद पनि दिने भएको छ ।

यसरी कम्पनीले ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ४ करोड ६० लाख रुपैयाँ बराबरको बोनस शेयर र ३ करोड ४ लाख रुपैयाँ नगद वितरण गर्नेछ । करका लागि ४० लाख २५ हजार रुपैयाँ खर्च गर्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुले प्राप्त गर्नेछन्।

हाल २३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस वितरण पश्चात पूँजी २७ करोड ६० लाख रुपैयाँ पुग्नेछ। लघुवित्तले गत आर्थिक वर्षमा ७ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३९ रुपैयाँ २७ पैसा कायम गरेको छ।