सिरिसिया र पथलैया औधोगीक कोरिडोरमा एडिबिको चासो, वीरगन्ज महानगरमा छलफल

0
Shares

सिरिसियानदी र वीरगन्ज पथलैया औधोगीक कोरीडोर विकास एवम व्यवस्थापनको बारेमा एशियाली बिकास बैकका प्रतिनिधि र वीरगन्ज महानगरपालिकाका पदाधिकारी बिच व्यापक छलफल भएको छ ।

सिरिसिया नदी कोरिडोरमा सडक र हरियाली प्रवर्धन गर्नुका साथै नदि व्यवस्थापन बारे नगर प्रमुख बिजय कुमार सरावगीको कार्यकक्षमा दुबै पक्ष बिच व्यापक छलफल भएको हो ।

एशियाली विकास बैक प्रतिनिधि मन्डलका क्षती व्यवस्थापन विशेषज्ञ जोन सुटन अर्थशास्त्री जोन स्वाडोन,नेपालका प्रतिनिधि मोतिलाल घीमिरे र रमेश दुलालको सहभागीता रहेको थियो भने वीरगन्ज महानगरपालिकाको तर्फबाट नगर प्रमुख विजय कुमार सरावगी,एडिबि सहयोग योजनाका प्रमुख शैलेन्द्र श्रेष्ठ लगायतका पदाधिकारी बिच छलफल भएको थियो ।

वीरगन्ज पथलैया औधोगीक कोरीडोरमा रहेको सम्भावना तथा सिरिसिया नदीमा बाढीले हुने छती लगायत न्यूनिकरण तथा नदीको व्यवस्थापन बारे छलफल भएको थियो ।

नगर प्रमुख सरावगीको कार्यकक्षमा भएको छलफलमा नगर प्रभुख विजय कुमार सरावगीले सिरिसिया नदी व्यवस्थापनबारे महानगरपालिकाको सभावीत योजनाको बारेमा जानकारी गराउनुका साथै वीरगन्ज पथलैया कारीडोरको नेपालमै रहेको महत्व बारे प्रतिनिधि मन्डललाई जानकारी गरएका थिए।

सिरिसिया नदीको व्यवस्थापन ,किनारमा सडक निर्माण साथै हरियाली प्रवर्धन योजना बारे एशियाली विकास बैक सकारात्मक रहेको प्रतिनिधि मन्डलले नगर प्रमुख सरावगीलाई जानकारी गराएको थियो ।