सनराइज बैंकको २९ हजार ३१६ कित्ता संस्थापक शेयर बिक्रीमा

0
Shares

सनराइज बैंकले २९ हजार ३१६ कित्ता संस्थापक शेयर संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरेको छ । बैंकका संस्थापक शेयरधनी श्रीराम श्रेष्ठको स्वामित्वमा रहेको शेयर बिक्री गर्न लागिएको हो ।

उक्त शेयरमा सनराइज बैंकका संस्थापक सेयरधनीले न्यूतम १६५ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय गैह्रिधाराको सेयर रजिष्ट्रार विभागमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

हाल सनराइजको चुक्ता पूँजी ८ अर्ब १५ करोड २५ लाख रुपैयाँ छ । गत आर्थिक बर्षमा एक अर्ब ७० करोड खुद नाफा कमाएको बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ४७ पैसा छ ।