बजार सुधारका काम भईरहदा पनि सुध्रेन बजार, घोडाले पिएन पानी …..

0
Shares

अँग्रेजीमा एउटा उखान छ यु क्यान टेक हर्स टु द वाटर बट यु कान्ट मेक इट ड्रिङक । घोडालाई पानीसम्म लैजान सक्नुहुन्छ तर पानी पिउने काम घोडाको हो । मलाई लाग्छ, हाम्रो घोडा सक्षम छ, पानी पिउँछ, काम पनि गर्छ ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा शेयर बजार घटेको गुनासोप्रति सम्बोधन गर्दे अर्थमन्त्री खतिवडाले गरेको टिप्पणी हो । तर, अर्थमन्त्रीले पानी पिउने काम घोडाको हो भन्दै गर्दा शेयर बजारमा भने दोहोरो अंकको गिरावट आएको छ भने कारोबार रकम समेत खस्केको छ ।

अर्थमन्त्री खतिवडाले बैंकिङ क्षेत्र नाफामा, बीमा क्षेत्र नाफामा, उद्योगहरुको क्षमतामा अभिवृद्धि, औद्योगीक उत्पादनमा बढोत्तरी भएकै छ । सेवा क्षेत्रका अरु व्यवसाय पनि विस्तार भएकै छ । अनि तिनै क्षेत्रको प्रतिनिधित्व हुने सेयर बजारमा तपाईहरुको गुनासा सुन्नु परिरहेको भन्दै पूँजी बजारका नियामकहरुलाई आफ्नो काम गर्न निर्देशन समेत दिएका थिए ।करका विषयहरु, भ्याटको कुरा अर्थमन्त्री हुुनु भन्दा अघि नै समाधान भएको र पुँजीगत लाभकर गणनाका विषयमा रहेका केहि दुविधा हटाउन धितोपत्र बोर्ड तथा नेप्सेलाई निर्देशन दिईसकेको अवस्था रहेको जानकारी गराँउदै उनले सरकार सृद्धढ शेयर बजारको पक्षमा रहेको बताएका थिए । सरकार सुदृढ पूँजी बजारको पक्षमा रहेको बताउँदै उनले बजारलाई खेलौना नबनाउनुस् भन्दै खेलाउन बनाउन लागियो भने आगोलाई खेलाउन थाल्दा कहिले काहीँ आफै जल्ने अवस्था आउने चेतावनी पनि दिएका थिए ।

साताको पहिलो दिन कारोबार सुरु भएदेखि नै घट्न थालेको शेयर बजार बन्द हुने समयसम्म १२.६१ अंकले ओरालो लागेर ११७८.४६ विन्दुमा आइपुगेको छ । १६५ कम्पनीको कारोबार भएको बजारमा ३० करोड बराबरको शेयर किनबेच भयो।

कारोबारमा आएका सम्पुर्ण सूचक तथा उपसूचक घटेको बजारमा सबैभन्दा धेरै जीवन बीमाको २.२१ प्रतिशत त्यस्तै बाणिज्य बैंकको १.०१ प्रतिशतले घटेको छ। निर्जीवन बिमा समूह १०२.२९ अंक तथा वाणिज्य बैंक समूहमा १०.९६ अंकले गिरावट आएको छ ।

सबैभन्दा धेरै प्रभु बैंकको संस्थापक शेयर ५ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ। प्रभु बैंकको संस्थापक शेयर तीन रुपैयाँले घटेर प्रतिकित्ता १६२ रुपैयाँमा कारोबार भएको हो। सबैभन्दा धेरै आँधिखोला लघुवित्तको शेयर मूल्य ९.९० प्रतिशतले बढेको छ भने पाँचथर पावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ८.४९ प्रतिशतले घटेको छ ।