ग्लोबल आईएमई लघुवित्तको शतप्रतिशत हकप्रदमा आवेदन गर्ने आज अन्तिम दिन

ग्लोबल आईएमई लघुवित्तको शतप्रतिशत हकप्रदमा आवेदन गर्ने आज अन्तिम दिन

ग्लोबल आईएमई लघुवित्तले बिक्रीमा राखेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले ११ करोड ४ लाख ५७ हजार ५ सय बराबरको ११ लाख ४ हजार ५७ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

कम्पनीले हकप्रद निष्काशनको लागि साउन १ गते बुक क्लोज गरेको थियो । यस अनुसार असार ३१ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् । हकप्रद भर्ने म्याद भदौ २३ गतेसम्म रहेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको अधिकांश शाखा कार्यालयबाट हकप्रद भर्न सकिनेछ ।

त्यसैगरी, बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन बुझाउन सकिनेछ । ग्लोबल आइएमई क्यापिटलको कार्यालय राष्ट्रिय नाचघर जमल काठमाडौंमा भने चेकबाट मात्र दरखास्त दिन सकिने ब्यवस्था गरिएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ११ करोड ४ लाख छ । शतप्रतिशत हकप्रद पश्चात कम्पनीको पूँजी २२ करोड ८ लाख पुग्ने छ ।

प्रकाशित मिति: २३ भदौ २०७६, सोमबार ०७ : १४ बजे