इन्भेष्टमेन्ट बैंकको एक लाख १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंकका दुई जना संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख १४ हजार ७५१ कित्ता शेयर बिक्रीमा राखेका छन् । उक्त शेयरमा बैंकका संस्थापक शेयर धनीले मात्र आवेदन दिन पाउनेछन् ।

बैंकका अनुसार संस्थापक शेयरधनी तीर्थमाया पलान्चोकेले १ लाख १० हजार ६३२ कित्ता र रनु श्रेष्ठले ४ हजार ११९ कित्ता शेयर बिक्री गर्न लागेका हुन् । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापकले शेयरधनीले ३५ दिनभित्र इन्भेष्टमेन्ट बैंकको प्रधान कार्यालय दरबारमार्ग काठमाडौंको शेयर रजिष्ट्रार विभागमा निवेदन दिनुपर्नेछ ।

उक्त अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ । हाल नेप्सेमा बैंकको साधारण शेयर प्रतिकित्ता ४५० रुपैयाँ तथा संस्थापक शेयरको मूल्य ४३४ रुपैयाँ हाराहारी रहेको छ ।

हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १२ अर्ब ८६ करोड ९७ लाख रुपैयाँ छ । गत आर्थिक बर्षमा ३ अर्ब ४१ करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको बैंककोे प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ७८ पैसा छ ।