छिमेक लघुवित्तले अघिल्लो आर्थिक बर्षको भन्दा बढाएर प्रस्ताव गर्यो लाभांश

0
Shares

छिमेक लघुवित्त वित्तीय संस्थाले अघिल्लो आर्थिक बर्षको भन्दा गत आर्थिक बर्षको लाभांश बढाएर प्रस्ताव गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ४४.३२ लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीले २७.११ प्रतिशत बोनस तथा कर सहित १७.२१ प्रतिशत नगद गरी कुल ४४.३२ लाभांश दिने निर्णय गरेको हो । अघिल्लो आर्थिक बर्षको नाफाबाट कम्पनीले २२ प्रतिशत नगद र १८ प्रतिशत बोनस गरी कुल ४० प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रस्तावित लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ । कम्पनीले ३२ करोड रुपैयाँ बराबरको बोनस वितरण र २० करोड ३१ लाख ५७ हजार ८९४ रुपैयाँ नगद वितरण गर्नेछ ।

बोनस वितरणपछि छिमेकको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ९२ करोड ७ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ७८ रुपैयाँ ०३ पैसा तथा प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ ९१ पैसा कायम गरेको छ ।