विदेशमा रहेका कार्ड बाहकलाई वैकल्पिक माध्यमबाट रकमान्तर गर्ने व्यवस्था

0
Shares

एटीएम कार्ड ह्याक प्रकरण पश्चात एक बैंकको कार्डमार्फत अर्को बैंकबाट पैसा निकाल्न रोक लगाएको नेपाल राष्ट्र बैंकले कार्ड बोकेर विदेश जाने नेपालीहरुका लागि वैकल्पिक माध्यमको प्रयोग गरी रकमान्तर गर्ने व्यवस्था गरेको छ ।

बैंकको प्रिपेड, डेविट तथा क्रेडिट कार्ड लिएर विदेश भ्रमणमा तथा उपचारमा जाने नेपालीलाई समस्या पर्ने भन्दै राष्ट्र बैंकले बैकल्पिक व्यवस्था गरेको हो । 

राष्ट्र बैंकले कार्ड बोक्ने व्यक्तिको निवेदन वा सम्बन्धित व्यक्तिले अख्तियारी प्रदान गरेको व्यक्ति वा संस्थाको विदेश स्थित बैंक खातामा पैसा रकमान्तर गरेर पैसा निकाल्न सकिने व्यवस्था गरेको छ । साथै भारतको हकमा भने त्यहाँ स्थित आईएमई रेटिम तथा प्रभु रेमिटको काउण्टरबाट समेत उक्त सुविधा लिन सकिनेछ।

साथै, वैकल्पिक माध्यम प्रयोगगरी भारतका विप्रेषण प्रदायक कम्पनीका केन्द्रहरु मार्फत कार्डमा रहेको रकम भारतीय रुपैयाँमा मात्र भुक्तानी हुनेछ । विदेशबाट पैसा पठाउँदा भुक्तानी गरिएको कार्डको सीमा घटाउनु पर्ने र बैकल्पिक माध्यमको प्रयोग गर्दा अतिरिक्त शुल्क नपाउने राष्ट्र बैंकले जनाएको छ । बैकल्पिक माध्यमबाट रकमान्तर गरिएको रकमको विवरण राष्ट्र बैंकमा ७ दिन भित्र पठाइसक्न नर्देशन राष्ट्र बैंकले दिएको छ ।

एटीएम ह्याक प्रकरणपछि गत भदौं १८ गतेदेखि नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को होस्टिङ तथा स्विचङ सेवा अवरुद्ध गरिदा जुन बैंकको कार्ड हो सोही बैंकको एटीएम प्रयोग गरेर मात्र पैसा निकाल्न सकिन्छ । नेप्सलाई सञ्जालमा रहेका बैंकहरुका सेवाग्राहीलाई पुनः सुचारु नहुदाँसम्म वैकल्पिक माध्यमबाट पैसा पठाउने व्यवस्था गरिएको हो ।