नेरुडे लघुवित्तको ८७ हजार कित्ता लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

0
Shares

नेरुडे लघुवित्त वित्तीय संस्थाले लिलामीमा राखेको ८७ हजार ३०० कित्ता संस्थापक शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो ।

नेरुडेले भदौ २० गतेदेखि शेयर लिलामी खुला गरेको थियो । शेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले उक्त मूल्यलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी बन्नुपर्नेछ ।

नेरुडेले संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकेको छ । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा कम्पनीका संस्थापक तथा सर्वसाधारण शेयरधनी र अन्य संघसंस्थाहरुले आवेदन दिन पाउनेछन्।

बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, प्राइम बैंकको झापा, विराटनगर, वीरगञ्ज, चितवन र नेपालगञ्ज शाखाबाट पनि आवेदन दिन पाइनेछ ।

हाल यस लघुवित्तको चुक्ता पुँजी ३९ करोड ७६ लाख ४७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको नाफाबाट कम्पनीले १५ प्रतिशत बोनस वितरण गर्ने घोषणा गरिसकेको छ ।