बैंक तथा वित्तीय संस्थाले ०.५ % माथिको शेयरधनी विवरण अनिवार्य प्रकाशित गर्नुपर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले ०.५ प्रतिशतभन्दा माथि शेयर हुनेहरूको विवरण अनिवार्य रुपमा प्रकाशित गर्न बैंक तथा बित्तीय संस्थालाई निर्देशन दिएको छ । ।

नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) कार्यान्वयनमा आएपछि बैंक तथा वित्तीय संस्था हरूले बार्षिक प्रतिवेदनमा शेयरधनीको विवरण दिन छाडेको भन्दै राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।अब बैंक तथा वित्तीय संस्थाहरुले ०.५ प्रतिशतभन्दा माथि शेयर हुने शेयर धनीहरुको विवरण अनिवार्य रुपमा प्रकाशित गर्नुपर्नेछ ।

साथै केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरुले संचालन गर्ने तालिम, सेमिनार, कर्मचारी खर्च, कार्यालय खर्चदेखि सामाजिक उत्तरदायित्व कोष, विदेशी बिनियम उतारचढाव कोषको रकम समेत खुलाउनु पर्ने व्यवस्था गरेको छ ।

यसैगरी राष्ट्र बैंकले आफूखुशी कर्मचारीहरूको नियुक्ति गर्न पनि बन्देज लगाएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले तालिका बनाएरै बिल्डिङ, यातायातका साधन, बीमा, विज्ञापन, चन्दा, सुरक्षा खर्चदेखि मनोरञ्जन खर्च पनि देखाउनु पर्नेछ।