राष्ट्रिय वाणिज्य बैंकको २३८ औं शाखा उच्च हिमाली जिल्ला डोल्पामा

0
Shares

राष्ट्रिय वाणिज्य बैंकले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थान डोल्पा जिल्लाको डोल्पोबुद्ध गांउपालिका वडा नं.१ धो मा शाखा कार्यालय डोल्पोबुद्ध सञ्चालनमा ल्याएको छ ।

नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल र संघीय सांसद जर्नादन शर्मा प्रभाकरले एक समारोहका बीच संयूक्त रुपमा बैंकको २३८ औं शाखा कार्यालयको समुदघाट्न गरे ।

यसै बीच डोल्पा जिल्लाको छार्काताङ्गसोङ्ग गाउंपालिका वडा न. ४ स्थित २३७ औं शाखा कार्यालय छार्काताङ्गसोङ्गको पनि कारोबार शुभारम्भ भएको छ ।

बैंकले गत आ.व. २०७५/०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया र बेस रेट ५.५० प्रतिशत रहेको छ ।

बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०४ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । बैंकले बैंकिङ्ग क्षेत्रको विस्तार, वित्तीय पहुंचको लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवाहरु लक्षित बैंकिङ्ग कारोबार संचालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सघाउ गुग्ने गरी बैंकिङ्ग सेवाहरु प्रवाह गरिरहेको छ ।