सबैको लघुवित्तले प्रस्ताव गर्यो १३ प्रतिशत बोनस, १३.६८ प्रतिशत नगद पनि

0
Shares

सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाईबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । लघुवित्तले गत साउनमा मात्रै आईपीओ बिक्री गरेको थियो ।

लघुवित्तको भदौ २९ गते बसेको सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।साथै कर सहित १३.६८ प्रतिशत नगद पनि वितरण गर्नेछ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

जस अनुसार लघुवित्तले २ करोड १४ लाख ५० हजार रुपैयाँ बराबरको बोनस शेयर त्यतिर्न नगद लाभांश र कर प्रयोजनको लागि ०.६८ प्रतिशत हुन आउने ११ लाख २८ हजार ९४७ रुपैयाँ नगद बाँड्नेछ ।

हाल सबैको लघुवित्तको चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात पुँजी १८ करोड ६४ लाख ५० हजार रुपैयाँ पुग्नेछ । लघुवित्तले गत आर्थिक बर्षमा ३ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तले गत साउनमा ५ करोड ३० लाख बराबरको ५ लाख ३० हजार कित्ता आईपिओ निष्काशन बिक्री गरेको थियो ।