सिर्जना फाइनान्सको हकप्रद शेयर असोज १७ गतेदेखि बिक्रीमा आउने

0
Shares

सिर्जना फाइनान्सले असोज १७ गतेदेखि चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ। संस्थाले प्रति शेयर १०० रुपैयाँको दरमा २७ लाख ६४ हजार कित्ता हकप्रद बिक्री गर्न लागेको हो ।

फाइनान्सको हकप्रदमा बिक्री प्रबनधक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंबाट आबेदन गर्न सकिनेछ ।

यस्तै सिर्जना फाइनान्सका सम्पूर्ण कार्यालयहरु, सनराइज बैंकका शाखा कार्यालयहरु विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढ शाखाबाट पनि आवेदन गर्न सकिनेछ । यसैगरी सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आबेदन दिन सकिनेछ ।

फाइनान्सले हकप्रद प्रयोजनको लागि यस अघि नै असोज ६ गते बुकक्लोज गर्ने निर्णय गरिसकेको छ । यस अनुसार असोज ५ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्रै आवेदन गर्न पाउनेछन् । हकप्रद शेयरमा कार्तिक २१ गतेसम्म आवेदन दिन सकिने छ ।

फाइनान्सको हालको चुक्ता पूँजी ४६ करोड ८ लाख रुपैयाँ छ। फाइनान्सले चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर बिक्री गरेपछि चुक्ता पूँजी ७३ करोड ७२ लाख रुपैयाँ पुग्नेछ।

नेपाल राष्ट्र बैंकले निर्देशन गरेको पूँजी जुटाउन फाइनान्सलाई अझै ६ करोड २८ लाख रुपैयाँ आवश्यक पर्नेछ।