एनएमबि र ओमले पाए मर्जरको अन्तिम स्वीकृति, दशैं अगाडि एकीकृत कारोबार

0
Shares

नेपाल राष्ट्र बैंकले एनएमबि र ओम डेभलपमेन्ट बैंकको मर्जरलाई अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकबाट मर्जरका लागि अन्तिम स्वीकृति पाएपछि दुवै बैंकले दशैं अगाडि नै एकीकृत कारोबार थाल्ने तयारी गरेका छन् ।

एनएमबि र ओम १००ः७६ अनुपात स्वाप रेशियोमा गाभिन लागेका हुन ।

एनएमबि बैंकको गत साउन २८ मा सम्पन्न विशेष साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको थियो भने साउन २७ ओमको विशेष साधारण सभाले मर्जर प्रस्ताव पारित गरेका् थियो । मर्जरका लागि राष्ट्र बैंकले असार ८ गते सैद्धान्तिक सहमति दिएको थियो ।

एनएमबि र ओमले गत जेठ २ गते मर्जर सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । मर्जरपछि एनएमबि बैंक नै नाम राखिने भएको छ । दशैं अगावै एकीकृत कारोबार थाल्ने बैंकहरुको तयारी छ । यी दुवै बैंकको सेयर कारोबार मर्जर प्रक्रिया सम्पन्न भएपछि खुल्नेछ ।

नेदरल्याण्ड्सको एफएमओको २० प्रतिशत स्वामित्व रहेको एनएमबी बैंकको हाल चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ छ भने ओमको २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ छ।