शेयर बजारका संस्थागत लगानीकर्ता सक्रिय हुन अर्थमन्त्रीको आग्रह

0
Shares

अर्थमन्त्री डा.युवराज खतिवडाले सेयर बजारमा नागरिक लगानी कोष जस्ता संस्थागत लगानीकर्ता सक्रिय हुनु आग्रह गरेका छन् । अर्थमन्त्री डा. खतिवडाले कर्मचारी सञ्चय कोषको बार्षिकउत्सका क्रममा सेयर लगानीकर्ताको मनोवल उकास्नका लागि पनि संस्थागत प्लेयर सक्रिय हुनु पर्ने बताएका हुन ।

कर्मचारी सञ्चय कोषलाइ समाजिक सुरक्षण र पेन्सन फण्ड संस्थाको रुपमा विकास गराउनु पर्ने बताउदै मन्त्री खतिवडाले भने,“नेपालको दिर्घकालीन बचत परिचालन गर्ने सबैभन्दा ठुलो संस्था कर्मचारी सञ्चय कोषको आकार साढे ३ खर्बको भएको छ, त्यसका साथै नागरिक लगानी कोष, आर्मी तथा अन्य सर्वजानीक कोषहरुको जोड कुल ग्राहस्था उत्पादनको २० प्रतिशत सम्म पुगेको छ ।” यी कोषहरुको ठुलो रकम पुँजी बजारको विकासमा पनि खर्च हुने गरेको उनले बताए ।

तर, यस्ता कोषहरुको केही पैसा मुद्रा बजारमा पनि जाने र मुद्राबजारलाइ समय समयमा उत्तेजीत पनि बनाएको अवस्था रहेको मन्त्री खतिवडाको भनाइ छ । त्यस्तो समयमा आफुहरुले अर्थतन्त्रले धान्न नै नसक्ने गरी मुद्रा बजारलाइ उत्तेजीत नबनाउन गरेको आग्रहलाइ अनुसरण गरेर सहयोग गरेकोमा धन्यवाद समेत मन्त्री खतिवडाले दिए ।

पूँजी बजारमा दिर्घकालीन पुर्वाधारको विकासका लागि कर्मचारी सञ्चय कोषको भुमीका चाहिने उनले औल्याए । सञ्चय कोषको धितोपत्रको प्राथमीक बजारमा सशक्त भुमिका हुनु पर्ने बताउदै उनले भने,“दोस्रो बजारमा अहिले जानुस भन्दिन, कोष धितोपत्रको दोस्रो बजारको प्लेअर पनि होइन ।” तर, पुँजी बजारको दोस्रो बजारमा नागरिक लगानी कोष जस्ता अन्य संस्थाहरुले सक्रिय भुमिका खोल्न पर्ने उनले बताए ।

“अहिले नेपाली पुँजी बजारमा लगानीकर्ताको विश्वास वढाउनु पर्ने भएको छ,” उनले भने, “त्यो विश्वास वढाउनका लागि दोस्रो बजारका प्लेयरका लागि यो समय उपयुक्त मैका हो, बैंकहरु नाफा वढेको छ, वित्तीय प्रणालीको नाफा वढीरहेको छ, आर्थिक वृद्धि माथि गैरहेको छ, आर्थिक स्थायीत्व हुदैछ, प्रशासनका समस्याहरु सुदृढि हुदै छन, करका समस्याहरु हल भैसकेको छन, यती भैसकेपछि अब दोस्रो बजारममा नयाँ लगानीकर्ताले प्रबेश गर्ने उयुक्त समय हो ।”

पुँजी बजारलाइ गती दिन आह्वान गर्दै अर्थ मन्त्री खतिवडाले सेयर बजारमा संलग्न सर्वजानिक संस्थाहरुलाइ क्रियाशील भएर लाग्न समेत आग्रह गरेका हुन । पुँजी बजारको विकास नगरे हामीलाइ चाहिने इक्यूटी क्यापीटल जुटाउन अफठ्यारो पर्न सक्छ समेत उनले बताए । साथै पुँजी बजारमा लगानी वढाउन वित्तीय क्षेत्रका अधिकारीहरुलाइ अनुरोध गर्दै खतिवडाले हरेक बैंकले लगानी दिदा समेत ३० प्रतिशत इक्यूटी खोज्ने भएकाले पनि पुँजी बजारको विकास गर्न पर्ने बताए ।