नेशनल माइक्रोफाइनान्सले घोषणा गर्यो ८० प्रतिशत बम्पर लाभांश

0
Shares

नेशनल माइक्रोफाइनान्सले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ८० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

सञ्चालक समितिको असोज २ गते बिहीबार बसेको बैठकले ७५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।
जस अनुसार लघुवित्तले ११ करोड ३१ लाख ६२ हजार २५० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने ७५ लाख ४४ हजार १५० रुपैयाँ नगद लाभांश बाँड्नेछ ।

हाल लघुवित्तको १५ करोड ८ लाख ८३ हजार रुपैयाँ चुक्ता पूँजी छ । बोनसपछि २६ करोड ४० लाख ४५ हजार २५० रुपैयाँ चुक्ता पूँजी कायम हुनेछ।