नागरिक उड्डयन प्राधिकरणले ७ बर्षको नाफाबाट सवा एक अर्ब बोनस बाँड्ने

0
Shares

नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्ना कर्मचारीलाई १ अर्ब २६ करोड ३१ लाख रुपैयाँ बोनस बाँड्ने घोषणा गरेको छ।

प्राधिकरणले ७ आर्थिक वर्षको नाफाबाट एकैपटक बोनस बाँड्न लागेको हो ।

प्राधिकरणका महानिर्देशक राजन पोखरलेलले आर्थिक वर्ष २०६८/६९ देखि आर्थिक वर्ष २०७४/७५ सम्मको नाफाबाट कर्मचारीहरुालाई एक अर्ब २६ करोड ३१ लाख रुपैयाँ बोनस वितरणको तयारी गरिएको जानकारी दिए।

उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बोनस वितरणको निर्णय स्वीकृत भएको र अन्तिम स्विकृतिका लागि अर्थ मन्त्रालय पेश गरिएको जानकारी दिए ।

सेवा प्रदायक र नियमनकारी निकाय दुवैको भूमिका निर्वाह गर्दै आएको प्राधिकरणले कूल नाफाको ९० प्रतिशत रकम सेवा प्रदायकको हैसियतले प्राप्त गर्ने गरेको छ ।