एनएमबि र ओम डेभलपमेन्ट बैकले असोज ११ गतेबाट एकीकृत कारोबार थाल्ने

0
Shares

एनएमबि र ओम डेभलपमेन्ट बैकबीचको एकीकृत कारोबार यहि असोज ११ गतेबाट हुने भएको छ।

नेपाल राष्ट्र बैंकले दुवै बैंकबीचको मर्जरलाई गत साता अन्तिम स्वीकृति दिई सकेको छ। प्राइम संगको मर्जर तोडीएपछि ओमले मर्जरको लागि एनएमबि रोजेको हो।  एनएमबि र ओम १००ः७६ अनुपात स्वाप रेशियोमा गाभिन लागेका हुन ।

एनएमबि बैंकको गत साउन २८ मा सम्पन्न विशेष साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको थियो भने साउन २७ ओमको विशेष साधारण सभाले मर्जर प्रस्ताव पारित गरेका् थियो । मर्जरका लागि राष्ट्र बैंकले असार ८ गते सैद्धान्तिक सहमति दिएको थियो ।

एनएमबि र ओमले गत जेठ २ गते मर्जर सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । मर्जरपछि एनएमबि बैंक नै नाम राखिने भएको छ । यी दुवै बैंकको सेयर कारोबार मर्जर प्रक्रिया सम्पन्न भएपछि खुल्नेछ ।

नेदरल्याण्ड्सको एफएमओको २० प्रतिशत स्वामित्व रहेको एनएमबी बैंकको हाल चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ छ भने ओमको २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ छ।