‘कर छलि अपराध हो, भष्ट्रचार गर्ने कसैलाई पनि सरकारले छाड्दैन् ‘ : अर्थमन्त्री

0
Shares

अर्थमन्त्री युवराज खतिवडाले राजश्व छलि गरेर भ्रष्टाचार गर्ने कसैलाई पनि सरकारले नछाड्ने बताएका छन् ।

पोखरा उद्योग वाणिज्य संघको ६५ औं वार्षिक अधिवेशसनको शनिवार पोखरामा उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले भने, ‘कर छलि गर्ने गर्ने भनेको अपराध हो, अपराध गर्ने कसैलाई पनि छाड्न मिल्दैन ।’ 

मन्त्री खतिवडाले सरकारमा बस्ने होस् , कर्मचारी होस् वा उपभोक्ता समितिमा बस्ने जो सुकै भए पनि कार्वाही गर्ने बताए । खतिवडाले करका विषयमा हल्का फुल्का कुरा गरेर जनतालाई उत्तेजित नबनाउन पनि आग्रह गरे । उनले हरेक कर लगाउनु अघि संघ संस्था देखि संसदमा छलफल हुने बताए ।

अर्थतन्त्र खत्तम भयो भन्ने आरोप गलत भएको उनको भनाई छ । ७ प्रतिशतको आर्थिक बृद्धि हुँदा कसरी अर्थतन्त्र खत्तम भयो मन्त्री खतिवडाले प्रश्न गरे । सबै प्रदेशका समानुपातिक रुपमा आर्थिक बृद्धिदर भएको बताउँदै एक वर्षमा तीन लाखले रोजगारको अवसर सृजना भएको, मुलुकको निर्यात १९ प्रतिशतले बृद्धि भएको उनले तथ्याङ्क सुनाए ।