आरम्भ माइक्रोफाइनान्सले घोषणा गर्यो गत आर्थिक बर्षको लाभांश

0
Shares

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ । आइतबार विहान बसेको संस्थाको संचालक समितिको बैठकले आठ प्रतिशत बोनश र कर तिर्न नगद लाभांश प्रस्ताव गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ६ करोड रुपैयाँ छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको आठ प्रतिशतले हुन आउने ४८ लाख रुपैयाँ बोनस र २ लाख ५२ हजार ६३२ रुपैयाँ कर प्रयोजनका लागि नगद वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको सहमति र कम्पनीको साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । गत आर्थिक बर्षमा माइक्रोफाइनान्सले ७६ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।