बैंकिङ कसुरको आरोपमा बिओकेका पूर्वसीइओ अजय श्रेष्ठ सहित ६ कर्मचारी पक्राउ

0
Shares

बैंकिङ कसुरको आरोपमा बैंक अफ काठमान्डूका पुर्व सीईओ सहित ६ जना कर्मचारी परेका छन।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पूर्वसीइओ श्रेष्ठ र अन्य पाँच जना कर्मचारीलाई अनुुसन्धानका लागि नियन्त्रणमा लिएको हो । 

खोलाको जग्गा धितोमा राखेर ऋण प्रवाह गरेको अभियोगमा अजय श्रेष्ठ सहित बिक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारी र शुष्मा शाह पक्राउ परेका हुन् । प्रहरीले पूर्वसीइओसहित ३ जना पूर्व कर्मचारी र उक्त ऋण प्रक्रियामा सहभागी ३ जना बहालवाला कर्मचारीलाई पक्राउ गरेको हो ।

नक्कली धनीपूर्जा राखेर झापाका सुरेन्द्र श्रेष्ठले बैंकबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए। ऋणीले सावाँ र ब्याज नतिरेपछि अनुसन्धानको क्रममा खोलाभित्रको जग्गाको पुर्जा बनाएर बैंकबाट ऋण झिकेर ठगी गरेको तथ्य फेला पारेपछि बैंकले ऋणी सुरेन्द्र श्रेष्ठलाई बैंकिङ कसूर गरेको अभियोगमा प्रहरीमा किटानी जाहेरी दिएको थियो ।

पछि अनुसन्धान गर्दै जाँदा तत्कालनि प्रमुख कार्यकारी अधिकृत अजय क्षेष्ठको नाम समेत जोडिन पुगेको प्रहरीले जनाएको छ । श्रेष्ठले बैंक अफ काठमाण्डूमा ८ वर्ष सीइओ भएर काम गरेका थिए । उनी ०७४ असार मसान्तबाट उक्त बैंकबाट बाहिरिएका थिए ।