वोमी लघुवित्तको एक लाख २३ हजार कित्ता लिलामी शेयरमा आवेदन खुल्यो

0
Shares

वोमी लघुवित्त वित्तीय संस्थाले लिलामीमा राखेको एक लाख २३ हजार २१३ कित्ता शेयरका लागि आजदेखि आवेदन खुलेको छ । संस्थाले हकप्रदमा नबिकेको शेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो ।

कम्पनीले संस्थापक समूहको ७६ हजार ७०३.८० कित्ता र सर्वसाधारण समूहको ४६ हजार ५०९.२० कित्ता सेयर गरी कुल १ लाख २३ हजार २१३ कित्ता शेयर लिलामीमा राखेको छ ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलकबोलमा आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम म्याद असोज १३ गतेसम्म रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नारायणचौर नक्साल काठमाडौं तथा वोमी लघुवित्त वित्तीय संस्थाको मुख्य कार्यालय भरतपुर चितवन र सिद्धार्थ बैंकका विभिन्न शाखाहरुबाट पनि आवेदन दिन सक्नेछन्  

गत साउनमा कम्पनीले १० लाख १० हजार ८८० कित्ता हकप्रद बिक्री खुला गरेकोमा ८ लाख ८७ हजार ६६७ कित्ताका लागि मात्र आवेदन परेको थियो । आवेदन नपरेको बाँकी १ लाख २३ हजार २१३ कित्ता हकप्रद शेयर लिलामी हुन लागेको हो । कम्पनीले साउन ९ गतेदेखि भदौ ११ गतेसम्म हकप्रद शेयरको बिक्री खुला गरेको थियो ।

हाल यस कम्पनीको चुक्ता पूँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ रहेको छ । हकप्रद र बाँकी रहेको शेयर लिलामीपछि वोमीको चुक्ता पूँजी २० करोड २१ लख ७६ हजार रुपैयाँ पुग्नेछ ।

गत आर्थिक बर्षमा ६ करोड २७ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । लघुवित्तको प्रतिशेयर आम्दनी ६२ रुपैयाँ ८ पैसा र नेटवर्थ २४२ रुपैयाँ ६६ पैसा छ।

हाल यो कम्पनीको दोस्रो बजारमा शेयर मूल्य प्रतिकित्ता १११६ रुपैयाँ हाराहारीमा कारोबार भईरहेको छ ।