ग्लोबल आईएमई लघुवित्तको हकप्रद बिकेन, ५६ हजार कित्ता लिलामीमा आउने

0
Shares

ग्लोबल आईएमइ लघुवित्तको शतप्रतिशत हकप्रद बिक्री हुन नसकेपछि बाँकी शेयर लिलामी गर्ने भएको छ ।

कम्पनीले साउन २१ देखि भदौ २३ गते सम्म एक बराबर एकको अनुपातमा ११ लाख ४ हजार ५७५ सय कित्ता हकप्रद शेयर निष्काशन गरेकोमा १० लाख ४८ हजार १४ कित्ता शेयर मात्र बिक्री भएको छ ।

कम्पनीको शेयर बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटलका अनुसार हकप्रदमा बिक्री नभएको ५६ हजार ५६१ कित्ता शेयर लिलामीमा आउनेछ । लिलामीको तालिका पछि प्रकाशित हुनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ११ करोड ४ लाख रहेकोमा शतप्रतिशत हकप्रद पश्चात कम्पनीको पूँजी २२ करोड ८ लाख पुग्ने छ ।