सिभिल लघुवितले बोनस र नगद सहित दश प्रतिशत लाभांश बाँड्ने

0
Shares

सिभिल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको असोज ५ गते बसेको बैठकले १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । लघुवित्तले ५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५ प्रतिशत नै नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पािरत गरेपश्चात शेयरधनीलाई वितरण हुनेछ ।
हाल लघुवित्तको चुक्ता पूँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँ छ । जस अनुसार कम्पनीले ५७ लाख ५ हजार ७ सय रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने कर सहित त्यत्तीनै नगद वितरण गर्नेछ ।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा लघुवित्तले ४ प्रतिशत बोनस शेयर र ३.८९ प्रतिशत नगद गरि कूल ७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो।