सानिमा बैंकले दशैंपछि लाभांश वितरण गर्ने, मर्जर प्रस्ताव सहित बोलायो साधारण सभा

0
Shares

सानिमा बैंकले यहि असोज २९ गते बुधबार बिहान ११ बजे नक्साल ब्यांकेट, नारायणचौर, नक्सालमा पन्ध्रौ वार्षिक साधारणसभास बोलाएको छ । साधारण सभाले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्तावित लाभांश लगायतका एजेण्डा पारित गर्नेछ। 

बैंकले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर सहित ११.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

साधारण सभाबाट पारित भएपछि प्रस्तावित लाभांश शेयरधनीलाई वितरण हुनेछ।साधारणसभा प्रयोजनको लागि बैंकले असोज १३ गते बुकक्लोज गर्ने भएको छ। जस अनुसार असोज १२ गतेसम्म कायम बैंकका शेयरधनीहरु मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

बैंकले ८० करोड १ लाख २५ हजार ५४४ रुपैयाँ बराबरको बोनस र ८८ करोड ४३ लाख ४९ हजार २८५.४७ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

त्यसैगरी बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्थालाई आफुमा गाभ्न तथा मर्जर प्रकृयाको लागि सहमति वा सम्झौता गर्न तथा मर्जर सम्बन्धि सम्पुर्ण प्रकृयाको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ । साधारणसभामा बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वार्षिक वित्तीय विवरण, एकीकृत वित्तीय विवरणलगायत महत्वपूर्ण प्रतिवेदनहरु पनि पारित हुनेछ ।

हाल ८ अर्ब १२ लाख चुक्ता पूँजी रहेको बैंकको ८० करोड १ लाख रुपैयाँको बोनस वितरणपश्चात चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ पुग्नेछ ।