नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता, साढे तीन वर्षभित्र सक्ने

0
Shares

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता भएको छ।

जापान सरकारको ऋण सहायतामा बन्न लागेको सो सुरुङ माग निर्माणको लागि सोमबार एक कार्यक्रमका बीच नागढुंगा सुरुङमार्ग निर्माण परियोजना र जापानको ‘हाजमा अन्डो कर्पोरेसन’बीच ठेक्का सम्झौता भएको हो।

साढे तीन वर्षभित्र निर्माण सम्पन्न हुने गरी सो सुरुङ मार्गको ठेक्का सम्झौता गरिएको सडक विभाग, वैदेशिक समन्वय महाशाखाका प्रमुख अर्जुनजंग थापाले जानकारी दिए।

सो सुरुङ मार्गको लम्बाइ २ दशमलव ६७ किलोमिटर रहेको छ। ठेक्का सम्झौतामा सो सुरुङ मार्ग निर्माणका लागि १३ अर्ब ५० करोड लाग्ने उल्लेख गरिएको छ। जापान सरकारले ४० वर्षभित्र तिर्ने गरी सो सुरुङ मार्गका लागि शून्य दशमलव शून्य १ प्रतिशत ब्याजदरमा ऋण सहायता उपलब्ध गराएको हो।