बजारको चमक हराएपछि कारोबारमा शिथिलता, कुनै कम्पनीको पनि करोड नाघेन

0
Shares

शेयर बजारमा दैनिक रुपमा घट्न थालेपछि किनबेचको क्रम समेत घटेको छ । बजार सुधारको संकेत नदेखिएपछि कारोबारमा समेत मन्दी आउन थालेको छ ।

बुधबार नेप्से सूचक ३.०३ अंकले घटेर ११३१.५३ विन्दुमा झरेको छ । यसदिन १६६ कम्पनीको ७ लाख ७७ हजार ७३५ कित्ता शेयर १६ करोड ६९ लाख रुपैयाँ बराबरमा किनबेच भयो ।

सबैभन्दा धेरै कारोबार भएको सानिमा बैंकको पनि ८६ लाख ५६ हजार रुपैयाँ बराबरको मात्रै शेयर किनबेच भयो । कारोबारमा शिथिलता आउँदा यस दिन कारोबारमा आएका कुनै पनि कम्पनीको कारोबार रकम करोड नाघ्न सकेन ।

कारोबार भएकामध्ये २ वटा समूहका सूचक बढेका छन् भने बाँकी समूह तल झरेका छन् । वाणिज्य बैंक समूहको सूचक ४.८३ अंकले घटेको छ ।

खानीखोला हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ९.४ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै गुमाउनेमा तिनाउ मिसन डेभलपमेन्ट बैंकको शेयर मूल्य ६.९६ प्रतिशतले घटेको छ ।