मेगा बैंकले पोखराको गण्डकी विकास बैंकलाई एक्वायर गर्ने

0
Shares

मेगा बैंकले पोखरामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको गण्डकी विकास बैंकलाई खरिद गर्ने भएको छ।

मेगाले गण्डकीलाई प्राप्ति गर्ने सम्बन्धी सम्झौतामा बुधबार सैद्धान्तिक सहमति भएको हो ।

सम्झौता अनुसार सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन (डिडिए ) को आधारमा स्वाप रेशियो कायम हुनेछ । मर्जर पछि बन्ने बैंकको नाम मेगा बैंक लिमिटेड रहनेछ भने बैंक संचालक समिति र प्रमुख कार्यकारी अधिकृत पनि मेगा बैंककै रहनेछन् ।

हाल मेगाको चुक्ता पुंजी १० अर्ब ३८ करोड छ । यस्तै गण्डकी विकास बैंकको २ अर्ब ७५ करोड छ।