माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, असोज २४ गते साधारण सभा

0
Shares

माछापुच्छ्रे बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज असोज ९ गते अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि आसोज १० गते देखि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

जस अनुसार असोज ९ गतेसम्म कायम शेयरधनीले मात्र साधराण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

बैंकले गत बर्षको कमाईबाट ५ प्रतिशत बोनस र कर सहित ११ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश दिने प्रस्ताब गरेर असोज २४ गते साधारण सभा आह्वान गरेको छ । बैंकको साधारण सभा पोखराको होटेल पोखरा ग्राण्डमा हुने छ ।

सभाले लाभांश प्रस्ताव पारित गर्ने, वित्तीय विवरण तथा प्रतिवेदन पारित गर्ने, मर्जरको लागि संचालक समितिलाई आवश्यक अख्तियारी दिने लगायतका प्रस्ताव पारित हुने छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड छ । ।