मेगा बैंकले घोषणा गर्यो लाभांश, गण्डकी विकासको शेयर कारोबार रोक्का

0
Shares

मेगा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बुधबार पोखराको गण्डकी विकास बैंकलाई एक्वायर गर्ने सम्झौता गरेको बैंकले सवा अर्बको लाभांश घोषणा गरेको हो ।

बैंक सञ्चालक समितिको असोज ८ गते सम्पन्न बैठकले ११.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले कर सहित उक्त नगद लाभांश घोषणा गरेको हो।

हाल बैंकको चुक्ता पूँजी दश अर्ब ३८ करोड ४६ लाख छ । जस अनुसार बैंकले एक अर्ब २२ करोड ६ लाख रुपैयाँ बराबरको रकम लाभांश बापत वितरण गर्नेछ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पािरत गरेपश्चात शेयरधनीलाई वितरण हुनेछ ।

अघिल्लो आर्थिक बर्ष बैंकले प्रतिशत १ बोनस शेयर र ६.८५ प्रतिशत नगद गरि कूल ७.८५ प्रतिशत लाभांश वितरण गरेको थियो।

यता मेगा बैंकले खरिद गर्ने भएपछि विहीबार देखि नै गण्डकी विकास बैंकको शेयर कारोबार रोक्का भएको छ । बुधबार मेगालाई गण्डकीलाई एक्वायर गर्ने प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको थियो ।