चालक अनुमतिपत्रका लागि चार लाख ‘स्मार्ट’ कार्ड ‘ खरीद

0
Shares

‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि चार लाख कार्ड ल्याइएको छ । सरकारले १० लाख कार्ड खरीद गरेकामा पहिलो चरणमा चार लाख कार्ड ल्याइएको हो ।

‘ग्लोबल टेण्डर’मार्फत कार्ड खरीद गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले जानकारी दिए । केही समयभित्रै बाँकी छ लाख कार्ड आइपुग्ने उनले बताए । “कार्ड पर्याप्त आइपुगेपछि भएपछि नियमित र क्षमतानुसार छपाइ हुनेछ”, खनालले भने । चालक अनुमतित्रका लागि लिइएको परीक्षा उतीर्ण र नविकरणका लागि राजश्व बुझाएको एक वर्ष नाघेका सेवाग्राहीले अझै चालक अनुमतिपत्र पाउनसकेका छैनन् ।

सरकारले चार वर्षअघि ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण शुरु गरेको हो । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तिर्ण गरेकाहरुका लागि चालक अनुमतिपत्र छपाइ विभागले गर्दै आएको छ । अहिलेसम्म विभागमा रहेको मुद्रणयन्त्र (छपाइ मेशिन) को क्षमताभन्दा बढी कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमै चालक अनुमतिपत्र नपाएको विभागले जनाएको छ ।