सूचीकृत कम्पनीहरुको वर्गीकरणका लागि असोज मसान्तभित्र विवरण बुझाउन नेप्सेको निर्देशन

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुको वर्गीकरणका लागि विवरण मागेको छ । नेप्सेले तोकिएको ढाँचामा फारम भरी सूचीकृत कम्पनीहरुलाई असोज मसान्तभित्र आवश्यक विवरण उपलब्ध गराउन निर्देशन दिएको हो।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय ११ बमोजिम कम्पनीहरुको वर्गीकरण गर्न विवरण माग गरिएको नेप्सेले जनाएको छ । नेप्सेले आर्थिक वर्षको प्रत्येक त्रैमासमा सूचीकृत कम्पनीहरुको वर्गीकरण सार्वजनिक गर्दै आएको छ ।

संगठित संस्थाको चुक्ता पूँजी, वितरित लाभांश, विवरण, वार्षिक साधारण सभाको समय, वित्तीय विवरण प्रकाशन, क्रेडिट रेटिङ्ग लगायतका विवरणहरु आधारमा वर्गिकरण हुने गरेको छ । गत आर्थिक बर्षदेखि नेप्सेले कम्पनीहरुको वर्गीकरण ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ वर्गमा वर्गिकरण गर्न थालेको थियो ।

नियामक निकायले तोकेको नियम पालना गरी तोकिएकै समयमा साधारणसभा र वित्तीय विवरण प्रकाशन गर्ने तथा अन्य तोकिएका मापदण्ड पूरा गरेका सूचीकृत कम्पनीहरु वर्गिकरणको ए वर्गमा पर्नेछन भने नियामकको नियम पालना नगर्ने कम्पनीहरु जेड वर्गमा पर्नेछन्।