सनराइज क्यापिटलको २० प्रतिशत नगद लाभांश पारित

0
Shares

सनराइज क्यापिटल लिमिटेडको असोज १० गते सम्पन्न भएको ९ औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश पारित गरेको छ ।

एलिस रिसेप्सन गैह्रिधारा, काठमाडौंमा सम्पन्न भएको सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम आ.व. २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बराबरको ४ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

साथै, सभाले आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब एवं नगद प्रवाह, लेखा परिक्षकको नियुक्ती र निजको पारिश्रमिक समेत पारित गरेको छ ।