सानिमा बैंकको २१.०५२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

सानिमा बैंकले गत आर्थिक वर्ष २०७५।७६ को मुनाफाबाठट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

बैंकले १० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर सहित ११.०५२६ प्रतिशत नगद लाभांश गरी कूल २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकले उक्त लाभांश पारित गर्न असोज २९ गते बुधबार बिहान ११ बजे नक्साल ब्यांकेट, नारायणचौर, नक्सालमा पन्ध्रौ वार्षिक साधारण सभाका आह्वान गरेको छ।

साधारण सभा प्रयोजनका लागि असोज १३ गते बुकक्लोज गर्ने भएकाले असोज १२ गतेसम्म कायम भएका शेयरधनीहरुलेमात्र बैंकले वितरण गर्ने लाभांश पाउने भएका छन् ।

हाल ८ अर्ब १२ लाख चुक्ता पूँजी रहेको बैंकको ८० करोड १ लाख रुपैयाँको बोनस वितरणपश्चात चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ पुग्नेछ ।

बैंकले लाभांश प्रस्तावका साथै अन्य कुनै बैंक तथा वित्तीय संस्थालाई आफुमा गाभ्न तथा मर्जर प्रकृयाको लागि सहमति वा सम्झौता गर्न तथा मर्जर सम्बन्धि सम्पुर्ण प्रकृयाको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।