कालिका लघुवित्तले प्रस्ताव गर्यो गत आर्थिक बर्षको लाभांश

0
Shares

कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १२.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

लघुवित्तको १२ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश सहित उक्त लाभांश घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।
अघिल्लो आर्थिक वर्ष कम्पनीले ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद गरि कूल ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो।

हाल लघुवित्तको चुक्ता पूँजी १० करोड ८० लाख रुपैयाँ छ । जस अनुसार लघुवित्तले एक करोड २९ लाख ६० हजार रुपैयाँको बोनस र ६ लाख ८२ हजार १०५ रुपैयाँ नगद लाभांश गरि कूल एक करोड ३६ लाख ४५ हजार १०५ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ ।

बोनस वितरण पश्प्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड ९ लाख ६० हजार रुपैयाँ पुग्नेछ । कालिका लघुवित्त कम्पनी र आईपीओ निष्काशन गरेर सूचीकृत हुन बाँकी रहेको जनसेवी लघुवित्त मर्जर प्रकृयामा रहेका छन्।