कुलेखानी तेस्रोको निर्माण सम्पन्न,एक साताभित्र बिजुली बल्ने

कुलेखानी तेस्रोको निर्माण सम्पन्न,एक साताभित्र बिजुली बल्ने

मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको भौतिक पूर्वाधार निर्माण सम्पन्न भइ सवस्टेशन टावरमा जोड्ने काम सम्पन्न भएको छ ।

कुलेखानी जलविद्युत् आयोजनाका अनुसार विद्युत्गृह तथा टावर निर्माण सम्पन्न गरी तारसमेत टावरमा जोड्ने काम सकिएको छ । एघार वर्षदेखि निर्माण हुँदै आएको सो आयोजनाको सबै सामग्री परीक्षण गर्नुको साथै टर्वाइनसमेत घुमाएर परीक्षण गरिएको आयोजनाका प्रबन्धक कमल आचार्यले जानकारी दिए । “उत्पादित विद्युत् कुलेखानी–हेटौंँडा प्रसारणलाइनमा जोड्न तयारी अवस्थामा छ”, उनले भने ।

दशैंँ अगाडि नै विद्युत् प्रसारण लाइनमा जोड्ने तयारी आयोजनाले गरिरहेको आचार्यले बताए । असोज १४ गते चिनियाँ प्राविधिक टोली नेपाल आइपुग्ने त्यसपछि विद्युत् उत्पादन गरी प्रसारण लाइनमा पठाइने आचार्यले बताए ।

ठेकेदार कम्पनीको लापरवाहीका कारण विद्युत् उत्पादनमा ढिलाइ भएको उनको भनाइ छ । कम्पनीले रु आठ करोड जरिवानासमेत तिरिसकेको छ । चौध मेगावाट क्षमताको उक्त आयोजनालाई पूर्ण क्षमताको उत्पादनका लागि खानीखोलामा जोड्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: १३ असोज २०७६, सोमबार ०७ : २६ बजे