गभर्नर भन्छन् : ‘बैंकहरुलाई फोर्स मर्जरमा जान जुनसुकै बेला निर्देशन आउन सक्छ’

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरुलाई फोर्स मर्जरमा जान राष्ट्र बैंकले जुनसुकै बेला निर्देशन दिन सक्ने भन्दै त्यसका लागि तयारी अवस्थामा रहन ध्यानकर्षण गराएका छन् ।

मिडिया इन्टरनेशनलको ७ औं वार्षिकोत्सवको अवसरमा आयोजिक कार्यक्रममा गभर्नर नेपालले आफूले बैंक तथा वित्तीय संस्थालाई स्वेच्छिक मर्जरका लागि प्रेरित गर्दै आएकोमा अब भने फोर्स मर्जरको विकल्प नभएको बताए। 

‘अहिले राष्ट्र बैंकले मर्जरका लागि प्रेरित गरिरहेको छ, यसले काम नगरे फोर्स मर्जर अनिवार्य छ, जुनसुकै दिन फोर्स मर्जरको नीति आउँछ’, गभर्नर डा. नेपालले भने ।

साथै गभर्नर नेपालले मर्जरका लागि १९ वटा बाणिज्य बैंकहरुले एलओआई लिएको समेत जानकारी दिए । बैंकहरुको अस्वस्थ प्रतिष्पर्धा रोक्न पनि मर्जरको बाटो रोज्नै पर्ने देखिएको बताए ।

गभर्नर डा. नेपालले लघुवित्त कम्पनीहरु पनि मर्जरमा जानै पर्ने बताए । लघुवित्त संस्थाहरु नेपालको अर्थतन्त्रको आकारभन्दा धेरै भएको भन्दै लघुवित्त संस्थालाई पनि अब अर्थतन्त्रको आकार अनुसार ल्याउनका लागि राष्ट्र बैंक लागेको जानकारी गराए।